IME Life New

सिद्धार्थ प्रिमियरको संयुक्त कारोबारको भव्य उद्घाटन, सिनर्जी आउने गरि काम गर्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको भव्य उद्घाटन गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । होटल हायातमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी, सुशिलदेव सुवेदी, दुबै बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, अधिकाम्स बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु, संयुक्त मर्जर कमिटिका पदाधिकारी लगायतको उपस्थिति थियो ।

निर्जीवन बीमा क्षेत्रमा तेस्रो सफल मर्जर गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी चुक्ता पूँजीका हिसावले सर्वाधिक ठुलो बनेको छ । मर्जर सँगै कम्पनीले अझ गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको क्षमता बढाउन क्यापिटल प्लान ल्याइएको र उक्त पूँजी पुर्याउन सके बोनस शेयर दिएर नसके मर्जर गरेर पुर्याउनु पर्ने प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै धन्यवाद दिएका छन् ।

Esewa
Crest

बीमा कम्पनीमा लगानी गर्नेले राम्रो प्रतिफल पाउन नसकिरहेको अवस्थामा कम्पनी मात्रै धेरै भएर नहुने भन्दै लगानीको प्रतिफलको सुनिश्चिताका लागि मर्जरको नीति लिएको प्रष्ट पारेका छन् । मर्जर सँगै सिर्जनी आउने गरी काम गर्न उनले अनुरोध गरेका छन् । उनले भने ‘पुरानै ढर्राबाट काम गरेर सिनर्जी प्राप्त हुँदैन तपाईहरुले आ-आफ्नै दुई वटा बजारलाई क्याप्चर गर्न सक्नु पर्छ ।’

उनले कम्पनीको क्षमता बढेको भन्दै मोफसलका शाखा कार्यालयको स्तरोन्नतीको लागि समेत अनुरोध गरेका छन् । बीमा कम्पनीहरुको शाखा कार्यालयको सञ्चालन एकदमै दयनिय रहेको भन्दै यस्तो अनुरोध गरेका हुन् । साना तिना दाबी भुक्तानी सम्बन्धित शाखा कार्यालयले नै गर्नु पर्ने गरी कानुनी व्यवस्था गर्न थालिएकव उनले बताए । शाखा कार्यालयलाई ५० हजार भन्दा कमका दाबी भुक्तानी गर्न अख्तियारी दिनु पर्ने सुझाएका हुन् ।

बीमितले २५ सयको दाबी पाउन काठमाण्डौं आउनु पर्ने अवस्थाको अन्त्य गर्न समेत उनले सबैलाई अनुरोध गरेका छन् । उनले भने ‘पोलिसी बिक्री गर्ने बेलामा कागजपत्रै नभइ छिटो छिटो पोलिसी जारी गर्न सक्ने तर दाबी लिने वेलामा आवस्यक नपर्ने कागजपत्र समेत मागेर हैरानी दिनु भएन ।’

नेपालको भुगोल अनुसार बीमा पोलिसी ल्याउनु पर्ने सिलवालको तर्क रहेको छ । विराटनगर र मनाङ दुई ठाउँमा एउटै पोलिसी बिक्री गर्न खोज्दा बीमा वजार विस्तार हुन नसकेको उनले आरोप लगाए । उनले भने ‘तपाईहरुले मार्केट हेर्नु पर्यो । भुगोल अनुसार पोलिसी ल्याउनु पर्यो ।’

दुई कम्पनीले छोटो समयमा मर्जरको सहमति गरि एकिकृत कारोबार गर्न सफल भएकोमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षैत्रीले बधाइ दिएका छन् । नेपाल जस्तो सानो बजारमा धेरै कम्पनीले काम गर्नु भन्दा थोरै संख्याले धेरै राम्रो काम गर्नु पर्ने उनको धारणा रहेको छ । बीमा कम्पनीहरुले जसरी पनि राम्रो सेवा सुविधा दिएर अगाडी बढ्नु पर्ने उनको तर्क रहेको छ ।

दुई बीमा कम्पनीलाई मर्जर गरेर थप प्रतिस्पर्धी बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवारले बताए । मर्जर सँगै सिद्धार्थ प्रिमियर पूँजीका हिसावले सबैभन्दा ठुलो कम्पनी भएको उनले बताए । बीमा क्षेत्रका बड्दो चुनौतीलाई सामना गर्न छुट्टा छुट्टै पहिचाहन बनाएका र स्थापित दुई कम्पनीलाई मर्जर गराइएको संयुक्त मर्जर कमिटीका अध्यक्ष रामेश्वर प्रसाद वस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS