काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज मा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनश शेयर सूचिकृत भएको हो ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो । प्रिमियर इन्स्योरेन्सको पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता शेयर सूचिकृत भएको छ । कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको माघ ६ गते समपन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।
त्यस्तै, सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
यी चार कम्पनीको बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।