IME Life New

नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज मा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनश शेयर सूचिकृत भएको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो । प्रिमियर इन्स्योरेन्सको पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता शेयर सूचिकृत भएको छ । कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको माघ ६ गते समपन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।

त्यस्तै, सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

यी चार कम्पनीको बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS