IME Life New

शेयर संरचनाकाे अनुपातमा संचालक समिति गठनबारे बीमा प्राधिकरणकाे गाेलमटाेल निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले शेयर संरचनाकाे अनुपातमा संचालक समितिमा सर्वसाधारण शेयरधनीकाे प्रतिनिधित्व गराउनका लागी सबै बीमा कम्पनीलाई निर्देशन दिएकाे छ ।

प्राधिकरणकाे नियमन महाशाखा प्रमुख दिनेश लाल कर्णले फागुन ८ गते जारी गरेकाे परिपत्रमा ”प्राधिकरणबाट स्वीकृति प्राप्त गरी स‌ंस्थापक शेयरबाट सर्वसाधारण शेयर समूहमा परिणत गरेका बीमकले संचालक सिमितकाे संरचनामा हाल कायम रहेकाे शेयर संरचनाकाे अनुपात बमाेजिम प्रतिनिधित्व हुने गरी संचालक समिति गठन गर्न गराउन हुन निर्णयानुसार निर्देशन गरिएकाे छ” भन्ने उल्लेख छ।

Esewa
Crest

नियमन महाशाखा प्रमुख दिनेश लाल कर्णले परिपत्रमा शेयर संरचनाकाे अनुपात बमाेजिम प्रतिनिधित्व हुने गरी संचालक समिति गठन गर्न निर्देशन दिए पनि यसका लागी समयसीमा वा शर्त ताेक्न सकेनन् । परिपत्र जारी गरेकाे मिति पछि आह्वान हुने पहिलाे विशेष साधारण सभा वा साधारण सभाबाट अनिवार्यरुपमा संचालक समितिकाे संरचना परिवर्तन गर्नुपर्ने निर्देशन जारी गर्नुपर्नेमा बिमकले जहिले जुकै परिवर्तन गर्न वा नगर्न सक्ने गरी प्राधिकरण नियमन महाशाखाले निर्देशन दिएकाे छ।

यस्तै समयसीमा रहित परिपत्रका कारण गत कात्तिक महिनामै जारी गरेकाे परिपत्र समेत बीमा कम्पनीकाे संस्थापकले रद्दीकाे टाेकरीमा मिल्काई दिएका छन् ।प्राधिकरणले गत कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाईफ इन्स्याेरेन्स, नेपाल लाईफ इन्स्याेरेन्स, एलआइसी नेपाल र निर्जीवन बीमा कम्पनीमध्ये  शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेण्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स  र युनाइटेड इन्स्योरेन्स सहित ८ वटा बीमा कम्पनीलाई निर्देशन दिएकाे थियाे । यी सबै साधारण सभा सम्पन्न गरेपनि स‌ंचालक समितिमा समानुपातिक प्रतिनिधित्व गराएका छैनन् ।

शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन

पछिल्लाे समयमा अधिकांश पुराना बीमा कम्पनीकाे संस्थापक शेयरधनीले दाेश्राे बजारबाट प्राप्त हुने लाभ हात पार्नका लागी ७०ः३० काे अनुपातमा रहेकाे संस्थापक र सर्वसाधारण शेयरधनी समूहकाे लगानीलाई अहिले ५१ः४९ मा सीमित पारेका छन् । स‌ंस्थापक शेयरधनीकाे हैसियतमा गरेकाे लगानीकाे २७‍‍.१४ प्रतिशतभन्दा (७० प्रतिशतमध्ये १९ प्रतिशत) बढी हिस्सा सर्वसाधारण शेयरधनीमा परिणत गरेपनि संचालक समितिमा अहिले पनि ७०ः३० कै अनुपातमा शेयरधनीकाे बाहुल्यता रहेकाे छ।

७०ः३०  काे अनुपातमा शेयर स्वामित्व रहँदा सात सदस्यीय संचालक समितिमा संस्थापक शेयरधनीकाे तर्फबाट अध्यक्षसहित ४ जना, साधारण शेयरधनीकाे तर्फबाट २ जना र विज्ञ संचालक(स्वतन्त्र संचालक) १ जना समेत सात जना रहेका छन् । अहिले अधिकांश पुराना बीमा कम्पनीले ५१ः४९ अनुपातमा शेयर संरचना कायम गरेपनि संचालक समितिमा सर्वसाधारण शेयरधनीकाे तर्फबाट जम्मा २ जना मात्र सहभागी गरेर आफ्नाे स‌ंख्या ४ बाट तल झारेका छैनन् । सात सदस्यीय संचालक समितिमा संस्थापक र सर्वसाधारणकाे तर्फबाट कम्तीमा ३-३ जनाकाे प्रतिनिधित्व हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS