Connect IPS
IME Life

टर्कीमा विनाशकारी भूकम्पकाे क्षति २६ खर्ब रुपैयाँ नाघ्ने अनुमान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । दक्षिण पश्चिमी एशियाली मुलुक टर्कीमा गएको साता आएकाे विनाशकारी भूकम्पबाट हुने क्षति २० अर्ब अमेरिकी डलर नाघेको जोखिम मोडलिङ कम्पनी भेरिस्कले मंगलबार अनुमान गरेको छ। याे रकम बुधबारकाे विनिमय दरकाे आधारमा कूल २६ खर्ब ४७ अर्ब १० कराेड २० लाख नेपाली रुपैयाँ हुन आउँछ ।

यति ठूलाे क्षति भएपनि जम्मा पाँच प्रतिशत रकम अर्थात सम्भवतः १ अर्ब डलर‍( करिब १ खर्ब ३२ अर्ब ३५ कराेड नेपाली रूपैयाँ )मात्र बीमाद्वारा रक्षा वरण गरिएको भेरिस्कले अध्ययन प्रतिवेदनमा उल्लेख गरेकाे छ।

Prabhu
Crest

भूकम्पका कारण ज्यान गुमाउनेकाे स‌ंख्या मंगलबारसम्म ३१,९७४ पुगेको छ।

भूकम्प प्रतिराेधात्मक भवनहरू निर्माणका लागी सरकारले मापदण्ड र आचारस‌ंहिताहरू जारी गरेपनि भवन निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामाग्रीकाे प्रयाेगकाे साथै कमजाेर प्राविधिक पक्षका कारण गगनचुम्बी भवनहरू भग्नावशेषमा परिणत भएका छन् ।

भेरिस्कले भवन निर्माण मापदण्ड पालना गरेर निर्माण गरिएका भवनहरूमा तुलनात्मकरूपमा थाेरै क्षति पुगेकाे उल्लेख गरेकाे छ ।

फाइल तस्वीर

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS