IME Life New

टर्कीमा विनाशकारी भूकम्पकाे क्षति २६ खर्ब रुपैयाँ नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । दक्षिण पश्चिमी एशियाली मुलुक टर्कीमा गएको साता आएकाे विनाशकारी भूकम्पबाट हुने क्षति २० अर्ब अमेरिकी डलर नाघेको जोखिम मोडलिङ कम्पनी भेरिस्कले मंगलबार अनुमान गरेको छ। याे रकम बुधबारकाे विनिमय दरकाे आधारमा कूल २६ खर्ब ४७ अर्ब १० कराेड २० लाख नेपाली रुपैयाँ हुन आउँछ ।

यति ठूलाे क्षति भएपनि जम्मा पाँच प्रतिशत रकम अर्थात सम्भवतः १ अर्ब डलर‍( करिब १ खर्ब ३२ अर्ब ३५ कराेड नेपाली रूपैयाँ )मात्र बीमाद्वारा रक्षा वरण गरिएको भेरिस्कले अध्ययन प्रतिवेदनमा उल्लेख गरेकाे छ।

Esewa
Crest

भूकम्पका कारण ज्यान गुमाउनेकाे स‌ंख्या मंगलबारसम्म ३१,९७४ पुगेको छ।

भूकम्प प्रतिराेधात्मक भवनहरू निर्माणका लागी सरकारले मापदण्ड र आचारस‌ंहिताहरू जारी गरेपनि भवन निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामाग्रीकाे प्रयाेगकाे साथै कमजाेर प्राविधिक पक्षका कारण गगनचुम्बी भवनहरू भग्नावशेषमा परिणत भएका छन् ।

भेरिस्कले भवन निर्माण मापदण्ड पालना गरेर निर्माण गरिएका भवनहरूमा तुलनात्मकरूपमा थाेरै क्षति पुगेकाे उल्लेख गरेकाे छ ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS