IME Life New

यति एयरलाईन्स दुर्घटनाः एलआइसी नेपालले भुक्तानी गर्यो मृतकका परिवारलाई बीमा रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारलाई दाबी रकम वापतको करिब ४१ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा आयोजित एक कार्यक्रममा कम्पनीको नायब कार्यकारी प्रमुख श्री.टी. वर्णवालले परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका चारसहित ७२ यात्रुहरुको मृत्यु भएको थियो । मृतकहरूमध्ये डा. गणेश थापा, अनिल शाही र लक्ष्मी पौडेलले एलआइसी नेपालको बीमा योजना खरिद गरेका थिए । निजहरूको मृत्यु पछि कम्पनीले नै दावी भुक्तानीमा अग्रसरता देखाई निजहरुको आफन्तजनलाई प्रक्रिया पुर्‍याई दावी भुक्तानी गरेको हो ।

Esewa
Crest

सो दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरर्ण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारे । एलआइसी नेपाल सदैव बीमितिको हकहित प्रति प्रतिबद्द रहेको र दावी भुक्तानी प्रकियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रति भरोसा बृद्दि गर्न कुनै कसर बाँकी नराखिने जानकारी उनले गराए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

5%
sad

दु :खी

11%
amazed

अचम्मित

5%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS