IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४ करोड, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिन अघि मात्र आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४३ दशमलव २४ प्रतिशतले घटेर ४ करोड ०१ लाख पुगेको छ । गत वर्ष दोश्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७ लाख खुद नाफा गरेको थियो ।

कुल बीमा शुल्क आर्जन ४ प्रतिशतले कम हुँदै ६४ करोड ३७ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन २१ दशमलव ४३ प्रतिशतले कम हुँदै २० करोड ४८ लाख पुगेको छ ।

Esewa
Crest

१ अर्ब १८ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २८ करोड ५९ लाख संचित छ भने बीमा कोषमा ६९ करोड ८९ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ५ दशमलव ३३ प्रतिशतले घट्दा बीमा कोष २२ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले पुष मसान्तसम्म ३६ करोड ५२ लाख कुल दावी भुक्तानी गर्दा १३ करोड ५९ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १८५ रुपैयाँ ३० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS