IME Life New

राष्ट्रिय बीमा संस्थानको तीन दिने जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जनकपुर शाखाले यही माघ २६ गते देखि माघ २८ गतेसम्म जीवन बीमा अभिकर्ता सम्बन्धी ३ दिने आधारभूत तालिम सम्पन्न गरेको छ। बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो।

तालिम सम्पन्न पश्चात नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार परीक्षा संचालन गरिएको थियो। तालिमको संयोजक जनकपुर शाखा कार्यालयका प्रमुख निसा राय तथा कर्मचारी सन्तोष कुमार शाहले सहजीकरण गरेका थिए।

Esewa
Crest

तालिम पश्चात भावी अभिकर्ताहरु बीमा संस्थान सरकारी स्वामित्व र विश्वसनीय भएकोले बीमा गराउन सहज हुने प्रतिबद्धता गरेका थिए। साथै राष्ट्रिय बीमा संस्थानले अरु शाखा कार्यालयमा पनि तालिम कार्यक्रम राखेको हुनाले इच्छुक व्यक्तिले तालिममा सहभागी हुन् सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS