Connect IPS
IME Life

गुराँस लाइफको व्यवसायमा गिरावट आउदा मुनाफामा भने उल्लेख्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा ६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा १२ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन भने ११ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा जम्मा एक अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको गुराँसले गत वर्षको यहि अवधिमा जम्मा एक अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको थियो । अभिकर्ताले १४ करोड २६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीले यस अवधिमा ५८ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ८७ करोड ७३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । कम्पनीकव जीवन बीमा कोष १९ प्रतिशतले बढेको छ । यस्तो कोषमा १३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा ११ अर्ब ४८ करोड थियो ।

चुक्ता पूँजी २ अर्ब २३ करोड पुगेको छ । जगेडा कोषमा ५४ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS