IME Life New

ज्योति लाईफ इन्स्योरेन्समा आवद्ध सबैले नेपाल मेडीसीटी हस्पिटलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाइर्फ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिंदै यस कम्पनीले भैसेपाटि , ललितपुरमा अवस्थित नेपाल मेडीसीटी हस्पिटलसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा हस्पिटल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।

अस्पताल श्रोत अनुसार अन्तराष्ट्रिय स्तरको भौतिक पूर्वाधार सहितको विशेषज्ञ चिकित्सकहरुबाट उच्च स्तरिया सेवा प्रदान गर्दै आएको नेपाल मेडीसीटी, भारतको राष्ट्रिय मान्यता प्राप्त नेशनल अक्रै डिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) बाट मान्यता प्राप्त नेपालको पहिलो र एक मात्र हस्पिटल हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS