IME Life New

नेपाल लाइफका कयालको गैरकानुनी नियुक्तीलाई लिएर प्राधिकरणले सोध्यो स्पष्टिकरण, किन र के कारणले बढुवा गर्नु पर्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालको गैरकानुनी नियुक्तिलाई लिएर नेपाल बीमा प्राधिकरणले स्पष्टिकरण सोधेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सुशासन निर्देशिका तथा कर्मचारी विनियमावलीको उल्लङ्घन गर्दै अमित कयाललाई एकै पटक तीन तह बढुवा गरेको छ । संस्थागत सुशासन निर्देशिका विपरित कयाललाई नियुक्त गरेको भन्दै इन्स्योरेन्स खवरले समाचार सम्प्रेषण गरे पछि प्राधिकरणले कम्पनीलाई स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणले किन र केको आधारले एकै पटक तीन तह बढुवा गरेको हो भन्दै स्पष्टिकरण सोधेको हो । नेपाल लाइफले कयाललाई आवस्यक न्युनतम योग्यता विनानै सहायक महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । प्राधिकरणले उनको नियुक्तिलाई लिएर सञ्चालक समितिलाई नै कारबाही गरेको थियो । सञ्चालक समितिलाई कारबाही गर्नुका साथै कयालको योग्यता पुग्ने पदमा मात्रै नियुक्त गर्ने निर्देशन दिए पछि सहायक महाप्रवन्धक पदमा घटुवा गरेको थियो ।

Esewa
Crest

कयाल २०७७ असार २२ गते करारमा नियुक्त भएका थिए । तत्कालिन समयमा कयालको बैंक तथा बीमा क्षेत्रमा कार्यानुभव थिएन । अनुभव विनानै उनलाई संस्थागत सुशासन निर्देशिका विपरित नियुक्त गरिएको थियो । प्राधिकरणको निर्देशन पछि उनको पद घटुवा भए पनि सुशासन निर्देशिका बमोजिम उनको एक वर्षको कार्यानुभव पग्यो तर एक पटकमा एक पदमा मात्रै बढुवा हुनु पर्नेमा एकै पटक तीन तह माथिको पदमा नियुक्त गरियो । यसरी गर्दा प्राधिकरणले कारबाही गर्दा गर्दै प्राधिकरणकै निर्देशनको उल्लङ्घन गर्दै कयाललाई नियुक्त गरिएको छ । यो नियामक प्रतिको अवहेलना पनि हो ।

यसरी कम्पनीको पद पुदपुर्ती समितिले प्रचलित कानुनको ठाडो उल्लङ्घन गर्दै नियुक्ति दिएको हो । पदपूर्ती समितिमा संचालक समिति अध्यक्ष गोबिन्दलाल संघाईका बिश्वास पात्र  कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकका पूर्व सीईओ कृष्ण राज लामिछाने संयोजक छन् । त्यस्तै संघाईका अर्का बिश्वास पात्र १५ वर्षसम्म स्वतन्त्र संचालक त्यसपछि कुनै अमुख कम्पनीको प्रतिनिधि (संस्थापक समूह)बाट संचालकमा जस्केलाबाट भित्रिएका कमलेश कुमार अग्रवाल, आफुलाई व्यवसायिक सीईओ दावी गर्ने प्रबिण रमण पराजुली सदस्य र मानव संसाधन विभाग प्रमुख बन्दना शर्मा शिवाकोटी सदस्य सचिव रहेकी छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष संघाईले आफ्नो विश्वास पात्रका रुपमा कयाललाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी भित्र्याएका हुन् । उनि जतिसक्दो कयाललाई सिइओ बनाउन चाहन्छन् । त्यसैले नियम विपरित बढुवा गरिरहेका छन् ।

यी हुन् कयाललाई गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा सिफारिस गर्ने व्यक्तिहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS