IME Life New

सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा छांयादेवी कम्प्लेक्समा रहेको होटल अलफ्टमा सम्पन्न भएको छ ।

त्यस्तै सभाले अध्यक्षज्युको मन्तव्य सहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम श्री कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८र०७९ को लागि कम्पनीको लेखापरीक्षकमा श्री जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् ९वर्तमान लेखापरीक्षक० लाई गरिएको नियूक्ती अनूमोदन गरेको छ ।
सभाले प्रिमियम मुल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका  दाबा फूटी शेर्पा र  अभिनव ज. व. राणाको नियुक्ती अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक  श्रीमान कार्कीको नियूक्तिलाई अनुमोदन गरेको छ ।

कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव साधारण सभामाले  पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिइसकेको छ । सोहि निर्देशन अनुरुप कम्पनीले विद्यमान संस्थापन शेयरधनीहरु सँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले न्युनतम पनि सर्वसाधारणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आइपिओ निष्काशन गर्नु पर्नेछ । यदि १०० रुपैयाँ मात्रै प्रिमियममा आइपिओ निष्काशन गर्यो भने कम्पनीले सर्वसाधारण शेयरधनीबाट एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । यस्तो अवस्थामा कम्पनीले मर्जर नगरी बोनस शेयर दिएरै चुक्त पूँजी जुटाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS