Connect IPS
IME Life

तीन महिनामै जीवन बीमा कम्पनीले गरे रु‍. ११.२६ अर्ब दाबी भुक्तानी, सर्वाधिक कसकाे?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० काे पहिलाे त्रैमासमै बीमितलाई ११ अर्ब २६ कराेड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार तीन महिनाकाे अवधिभित्र जीवन बीमा कम्पनीले कूल ११ अर्ब २६ कराेड २४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

१९ जीवन बीमा कम्पनीले मृत्यु दाबी, अग्रिम भुक्तानी दाबी, आ‌ंशिक दाबी (सर्भाइभल बेनिफिट) लगायतका दाबी अन्तर्गत चालू आवभित्र गत असाेज मसान्तसम्ममा याे रकम भुक्तानी गरेका हुन् । जीवन बीमा कम्पनीहरुले गरेकाे कूल दाबी भुक्तानीमध्ये ६ अर्ब ४९ कराेड ४९ लाख १४ हजार रुपैयाँ सावधिक जीवन बीमा याेजना अन्तर्गत भएकाे छ। सावधिक बीमा याेजना अन्तर्गत गरिएकाे दाबी भुक्तानी रकमले जीवन बीमा कम्पनीहरुकाे पहिलाे त्रैमाससम्ममा भएकाे कूल दाबी भुक्तानीमा ५७ प्रतिशत हिस्सा ओगटेकाे छ ।

Prabhu
Crest

काराेबारकाे हिसाबले सबैभन्दा ठूलाे काराेबार गर्दै आएकाे नेपाल लाईफ इन्स्याेरेन्सले चालू आवकाे पहिलाे त्रैमासमा तीन महिनामा जम्मा ४ अर्ब १९ कराेड ७१ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेकाे छ । याे कम्पनीले सावधिक जीवन बीमा याेजना अन्तर्गत सर्वाधिक ३ अर्ब ७० कराेड ७३ लाख ६४ हजार रुपैयाँ भुक्तानी गरेकाे छ । सावधिक जीवन बीमा याेजनामा कम्पनीले पहिलाे त्रैमासमा वितरण गरेकाे रकममध्ये ८८ प्रतिशत रकम दाबी भुक्तानी गरेकाे छ । सबैभन्दा थाेरै अन्य जीवन बीमा अन्तर्गत १ कराेड ८३ लाख १९ हजार रुपैयाँ दाबी भुक्तानी गरेकाे छ ।

दाेश्राे सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनीमा नेशनल लाईफ इन्स्याेरेन्स क‌म्पनी रहेकाे छ । याे कम्पनीले गत असाेज मसान्तसम्ममा १ अर्ब ४४ कराेड ४१ लाख ७४ हजार रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। नेशनलले भुक्तानी गरेकाे कूल दाबी रकममध्ये सबैभन्दा बढी ५६ कराेड ६३ लाख ७१ हजार रुपैयाँ सावधिक जीवन बीमा याेजना अन्तर्गत भुक्तानी गरेकाे छ ।

लाईफ इन्स्याेरेन्स कम्पनी नेपालले गत असाेज मसान्तसम्ममा १ अर्ब २९ कराेड ४४ हजार रुपैयाँ दाबी भुक्तानी दिएकाे छ। कम्पनीले याे रकममध्ये ६७ कराेड ६६ लाख ४७ हजार रुपैयाँ सावधिक जीवन बीमा याेजना अन्तर्गत दाबी भुक्तानी गरेकाे छ । यसैगरी गुराँस लाईफले पहिलाे त्रैमासमा कूल ६५ कराेड ३२ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी दिएकाे छ । पुराना कम्पनीमध्ये एशियन लाईफ इन्स्याेरेन्सले सबैभन्दा थाेरै रकम दाबी भुक्तानी गरेकाे छ। नेपाल बीमा प्राधिकरणका अनुसार एशियन लाईफले चालू आवकाे पहिलाे त्रैमासकाे अन्त्यसम्ममा ६ कराेड ५ लाख ६१ हजार रुपैयाँ मात्र दाबी भुक्तानी गरेकाे छ।

यसैगरी २०७४ सालदेखि काराेबार शुरू गरेका जीवन बीमकमध्ये यूनियन लाईफ इन्स्याेरेन्सले सर्वाधिक ९३ कराेड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेकाे छ । दाेश्राेमा रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स रहेकाे छ । रिलायब नेपाल लाईफले ३० कराेड ५४ लाख ८७ हजार रुपैयाँ दाबी भुक्तानी गरेकाे छ । तेश्राे सर्वाधिक दाबी भुक्तानी गर्नेमा सिटिजन लाईफ इन्स्याेरेन्स रहेकाे छ। सिटीजनले गत असाेजसम्ममा २४ कराेड ६४ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी दिएकाे छ । सबैभन्दा थाेरै दाबी भुक्तानी गर्नेमा प्रभु लाईफ इन्स्याेरेन्स रहेकाे छ । प्रभु लाईफले पहिलाे त्रैमासमा ५ लाख ३८ हजार रुपैयाँ मात्री दाबी भुक्तानी गरेकाे छ । याे १९ वटै जीवन बीमा कम्पनीहरुले गरेकाे दाबी भुक्तानीमध्ये न्यून रकम हाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS