IME Life New

ज्योति लाईफ इन्स्योरेन्समा आवद्ध सबैले नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिंदै हरिसिद्धी, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।

Esewa
Crest

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

“जीवन बचाउन जिन्दगी भरीको बचत चाहिंदैन” भन्ने मुल नाराका साथ स्थापनाकाल देखि नै एउटा नौलो आयाम सहित क्यान्सर लगायत अन्य घातक रोग विरुद्ध उपचारको लागि अर्थिक सहयोग पुर्याउने उद्देश्य सहित आकर्षक बीमायोजनाहरु बजारमा ल्याउने पहिलो नेपाली कम्पनीको रुपमा रहेको ज्याति लाईफ इन्स्योरेन्स र “नेपालीको क्यान्सर उपचार नेपालमा नै” भन्ने मूलनाराका साथ सर्वसुलभ मूल्यमा नै विदेशमा लाग्ने उपचार खर्च भन्दा कम खर्चमा उच्चस्तरिय उपचार प्रदान गर्ने उद्देश्यले संचालित नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बिचको सम्झौतासंगै क्यान्सर विरुद्ध जनचेतना फैलाउनतथा समयमानै क्यान्सर रोगको पहिचान गर्न संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरुमा सहकार्य गरी अघि बढ्ने कुरा ज्योति लाईफ इन्स्योरेन्स काकार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS