IME Life New

युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको ७ लाख ३१ हजार रकम हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुले गौंडा शाखाले बीमितको मृत्यु पछी कम्पनीको सम्झौता अनुरुपको मृत्यु दाबी भुक्तानी गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौलीमा १ वर्ष अघि ऋण सहितको ५ लाखको सिमित भुक्तानी तथा साबधिक जीवन बीमा योजना अन्तर्गत बीमा गराएका बीमितको परिवार लाई कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको हो ।

Crest

इन्स्योरेन्सले सित गङगा नपां ९ अर्घाखाँची स्थायी घर भै हाल तनहुँको दुलेगौडामा वस्दै आएका नन्द कुमार श्रेष्ठको सवारी दुर्घटनामा परि निधन भए पछि उनको परिवारलाई ७ लाख ३१ हजार चौरासी रुपैयाँ प्रदान गरेको हो ।

बीमित श्रेष्ठको निधन पछि हकवला श्रीमती पवित्रा पंगेनी श्रेष्ठलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

बीमाकं दाबी बापत ५ लाख रुपैयाँ र दुर्घटना मृत्यु दाबी बापत ५ लाख रुपैयाँ गरि १० लाखमा निजले खरिद गरेको कर्जा सहितको बीमा योजना अन्तर्गत निजले कर्जा अशुल गर्नु पर्ने २ लाख रुपैयाँ अठसठ्ठी हजार ९ सय पन्ध्र रुपैया कट्टा गरि ७ लाख ३१ हजार चौरासी रुपैया प्रदान गरेको युनियन लाइफ इन्स्योरेन्स दुलेगौंडा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS