IME Life New

बिद्यार्थीको बीमा गराउदाँ अभिभावको समेत रक्षावरण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विद्यार्थीहरुलाई लक्षित आइजीआई विद्यार्थी बीमालेख ल्याएको छ । यस बीमायोजनामा सहभागी हुँदा अभिभावको समेत रक्षावरण हुने छ । जसमा विद्यार्थीहरुको आठ सय साठ्ठी रुपैयाँमै बीमा हुने व्यवस्था रहेको छ ।

यस अघि पनि विद्यार्थीहरुको लागि बीमा कार्यक्रम ल्याएको थियो । तर यो भन्दा अघि ल्याएको बीमालेख केही समय मात्र लागु गरिएको थियो । यस बीमा योजना सबैमा पुराउने कम्पनीको योजना रहेको छ ।

Esewa
Crest

यस बीमालेखमा सहभागी हुनका लागि कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विधार्थीहरु लाई लक्षित रहेको छ ।

विद्यार्थी बीमालेखले रक्षावरण गर्ने जोखिमहरु

यस बीमा योजना अनुसार विद्यार्थीको मुत्यु भएमा १ लाख रुपैयाँसम्म भुक्तानी हुन्छ । स्थायी पूर्ण अशक्तता भएमा वा निको नहुने गरी कुनै रोग लागेमा बीमांक रकमको ३०० प्रतिशत ३ लाखसम्म रुपैयाँसम्म कम्पनीले दाबी भुक्तानी गर्छ ।

एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षती भएमा वा एउटा हातको नाडी वा एउटा खुटा वा सो भन्दा माथि देखि शारिरिक रुपले काम नलाग्ने गरि क्षती भएमा बीमांकको बोल्ने क्षमता पूर्ण रुपले क्षती भएमा, दुबै कानको सुन्ने पूर्ण रुपमा क्षती भएमा बीमांक रकमको शतप्रतिशत १ लाखसम्मको जोखिम वहन गर्न सक्ने व्यवस्था यस बीमा योजनामा रहेको छ ।

अस्थायी पूर्ण अशक्तता भएमा बीमित विधार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ मा नबढ्ने गरी २ महिना सम्मको शुल्क भुक्तानी गरिनेछ ।

अभिभावकको सुरक्षा

स्थायी रुपमा अशक्तता भएमा वा निको नहुने गरि दुबै आँखाको क्षती पूर्ण रुपमा भएमा, शारिरिक रुपमा पूर्ण रुपमा अशक्तता भएमा आमा बुबाको हकमा बीमाकं रकमको ५० प्रतिशत २ लाख ५० हजार सम्म जोखिम बहन गर्नेछ ।

बीमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १ लाख रुपैयाँ तथा बिद्यार्थीको आमा वा बुबामध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर ५ लाख रुपैयाँ बराबरको बीमांक रकम कायम गरिएको छ ।

औषधोपचार खर्च

दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा बीमित विधार्थीको हकमा बीमांक रकमको २५ प्रतिशत २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको छ ।

बीमित विधार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको आवश्यक खण्डमा बीमकं रकम ५० हजार रुपैयाँ कायम गरिएको छ । साथै यसमा अस्पतालको शैया शुल्क प्रतिदिन अधिकतम २ हजार रुपैयाँ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS