Connect IPS
IME Life

इन्स्योरेन्स खवर प्रभाव : नियम विपरित नियुक्त भएका सन नेपालका महाप्रवन्धक गौतमले दिए राजिनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नियम विपरित नियुक्त भएका सन नेपाल लाइफका महाप्रवन्धक कमल राज गौतमले पदबाट राजिनामा दिएका छन् । उनले हिजो मंगलबारदेखि लागु हुने गरि राजिनामा दिएका हुन् । सन नेपाललले उमेर हद नाघेका गौतमलाई संस्थागत सुशासन विपरित पदमा नियुक्त गरिराखेको विषयमा समाचार आए पछि उनि राजिनामा दिन बाध्य भएका थिए ।

नियम अनुसार ५८ वर्ष भन्दा बढि उमेर नाघेका व्यक्तिलाई कर्मचारीमा काम लगाउन पाइदैन । तर उनको उमेर ६७ वर्ष नाघिसकेको छ । कम्पनीको स्थापनाकालदेखि नै कार्यरत गौतमले आइपिओ निष्काशन नभएसम्म आफुलाई राखिराख्न अनुरोध गर्दै आएका थिए । यहि विषयमा कारबाही गर्ने नेपाल बीमा प्राधिकरणलाई पनि उनले आफ्नो जागिर बचाइदिन अनुरोध गर्दै आएका थिए । प्राधिकरणका अधिकारीहरु सँग राम्रो सम्बन्ध भएकै कारण उनलाई प्राधिकरणले संरक्षण गरेर राखेको थियो ।

Prabhu
Crest

उनको विषयमा इन्स्योरेन्स खवरले गत पुस २४ गते समाचार संप्रेषण गरेको थियो । समाचार संप्रेषण लगत्तै उनलाई प्राधिकरणले पनि अव पदमा नबस्न सुझाएको थियो । सञ्चार माध्यममै आइरहेको भन्दै प्राधिकरणले पदबाट राजिनामा दिएर विवाद समाधान गर्न अनुरोध गरे पछि उनले हिजो माघ तीन गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् ।

बीमा क्षेत्रमा लामो अनुभव भएका व्यक्ति भन्दै प्राधिकरणले उनको संरक्षण गरेको हो । बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका गौतमले बीमा प्राधिकरणमै १० वर्ष प्रशिक्षकको रुपमा काम गरेका थिए । यस बाहेक उनले राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र नेपाल लाइफमा समेत काम गरेका थिए ।

बीमा प्राधिकरणले नियममा जे जस्तो व्यवस्था भए पनि अहिले पनि बजारमा योग्य र दक्ष जनशक्तिको अभाव भएको भन्दै यस्ता कुराहरुलाई वेवास्था गर्दै आइरहेको छ । तर नियम निर्देशिका भन्दा कोहि पनि माथि हुँदैन ।

यो पनि पढ्नुहोस्

नियम विपरित सन नेपालमा महाप्रवन्धक गौतमको नियुक्ती, प्राधिकरणकै संरक्षण

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS