IME Life

नियम विपरित सन नेपालमा महाप्रवन्धक गौतमको नियुक्ती, प्राधिकरणकै संरक्षण

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नियम विपरित ६५ वर्ष उमेर नाघेका कमल राज गौतमलाई महाप्रवन्धक पदमा जागिर दिएर राखेको छ । नेपाल बीमा प्राधिकरणकै संरक्षणमा संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को उल्लङ्घन हुने गरी ‍गौतमलाई महाप्रवन्धमा निरन्तरता दिदै आएको पाइएको छ ।

तर प्राधिकरणले औपचारिकताका लागि कम्पनीलाई स्पष्टिकरण भने सोधेको थियो । गौतमको प्राधिकरणका उच्च व्यवस्थापन तहका कर्मचारी सँग राम्रो सम्बन्ध रहेकाले पनि उनको निरन्तरतालाई स्वयम प्राधिकरण नै आँखा चिम्लेर बसिरहेको छ ।

Prabhu
Crest

गौतम कम्पनीको स्थापनाकालदेखि नै छन् । सुरुमा उनलाई महाप्रवन्धक पदमा नियुक्त गरिएको थियो । यो पद प्रमुख कार्यकारी अधिकृत नहुदाँको संरचनामा मात्रै रहन्छ । तर कम्पनीले राजकुमार अर्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे पनि उनको महाप्रवन्धक पद भने आजसम्म कायमै छ । यो आफैमा नियम विपरितको संरचना हो ।

संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लागु भए पछि सम्पुर्ण बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा बीमा कम्पनीको सिइओको उमेरहद ७० वर्ष रहेको छ । यो केवल सिइओका लागि मात्रै लागु हुन्छ । यस भन्दा मुनिको पदमा रहेका स्थायी कर्मचारीको हकमा ५८ वर्षको उमेरहद रहेको छ ।

एकातिर संस्थागत सुशासन निर्देशिकाले निर्धारण गरेको संचरनालाई मिचेर गौतमलाई नियुक्त गरिएको छ भने अर्को तर्फ उमेर हद नाघिसकेका ६८ वर्षिय व्यक्तिलाई सिइओ भन्दा मुनिको पदमा राखेर काम गराइएको छ ।

बीमा प्राधिकरणले पनि एक सम्माननीय व्यक्तिको जागिर किन खाइदिने भन्दै उनको बचाउ गर्दै आएको छ । बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका गौतमले बीमा प्राधिकरणमै १० वर्ष प्रशिक्षकको रुपमा काम गरेका थिए । यस बाहेक उनले राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र नेपाल लाइफमा समेत काम गरेका थिए ।

सम्माननीय व्यक्ति भन्दै नियम विपरितको कामलाई बचाउ गर्नु पनि प्राधिकरणको अख्तियारी भित्र पर्दैन । प्राधिकरणको कर्तव्य प्रचलित नियम कानुनको कार्यान्वयन गराउनु हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS