काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरणको स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको २०७९ पुष २६ गते बसेको १८१ औं बैठकले शर्तसहित बोनस शेयर वितरण गर्न अनुमति दिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८ /०७९ को खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर तथा ० दशमलव ३९४७ प्रतिशत कर प्रयोजनका लागि शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने भएको हो ।
उक्त शर्तहरुमा प्रचलित कानून बमोजिम अनुमति पत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिई आयोगलाई जानकारी दिनुपर्ने, लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने, कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड,संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्ने लगायत रहेको छ ।