Connect IPS
IME Life

कुस्मा, गौर र ढल्केवरमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ । पुस ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको हो। यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । पुस २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

Prabhu
Crest

महालक्ष्मी लाइफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राखे । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाइफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गरे ।

यसै क्रममा पुस २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार साहले राखेका थिए । ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको संचालन प्रकाश झा ले गरेका थिए । धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको थियो । स्थानिय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन रोहन घतानीले गरेका थिए ।

पुस २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरेको हो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाइफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो। कमलमान सिँह चौहानले संचालन गरेको कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS