IME Life New

नयाँ जीवन बीमा कम्पनी एग्रेसिभ, यहि बर्ष १५७ नयाँ शाखा, ३० हजार माथि अभिकर्ता बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा सिमितिबाट जीवन बीमा संचालन गर्न अनुमति पाएकामध्ये पाँच कम्पनीले कारोबार सुरु गरि सकेका छन्। उनीहरुले शाखा विस्तार एवं अभिकर्ता तालिम सुरु गरि सकेका हुन्। सरकारले जीवन बीमा व्यवसाय सञ्चालन गर्न १० नयाँ कम्पनीलार्इ सैद्धान्तिक स्विकृती दिएकोमा हालसम्म नौ वटाले बीमा समितिबाट कारोबार सुरु गर्ने अनुमति पाइ सकेका छन्। तीमध्ये पुर्ण संचालनमा आएका पाँच कम्पनीले समितिबाट चालु आर्थिक बर्षमा १५७ वटा शाखा खोल्ने अनुमति पाएका छन्। साथै उनीहरुले एक बर्ष भित्र तीन हजारभन्दा बढीलाई अभिकर्ता तालिम दिने योझना समितिमा पेश गरेका छन्।

Esewa
Crest

चालु आर्थिक बर्षमा आइएमर्इ लाइफ इन्स्योरेन्सले ५५ वटा शाखा खोल्ने योजना बनाएको छ। राजधानी सहित बाहिरका बिभिन्न स्थानमा शाखा खोल्ने काम भैरहेको कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहले जानकारी दिए।
नयाँ कम्पनीमा कर्मचारीको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए। हालसम्म पाएकामध्ये १५ प्रतिशत कर्मचारी मात्र पुराना कम्पनीबाट ल्याइएको उनले जानकारी दिए। कम्पनीले माथिल्लो तहका पद तथा शाखा प्रमुखमा अनुभव कर्मचारी ल्याएको छ। बाँकीमा तालिम दिन सुरु गरिएको सिंहले बताए। कम्पनीले शाखा विस्तार सँग सँगै अभिकर्ता तालिम दिने काम पनि गरिरहेको छ। कम्पनीले यस बर्ष १० हजारभन्दा धेरै अभिकर्ता बनाउने लक्ष लिएको छ।

रिलायबल लाइफ इन्स्योरेन्सले यस बर्ष ४० वटा शाखा खोल्ने अनुमति पाएको छ। कम्पनीले हालसम्म ५०/५० प्रतिशत नयाँ/पुराना कर्मचारी नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए। चालु आर्थिक बर्षमा पाँच हजारजनालाई अभिकर्ता तालिम दिने कम्पनीको लक्ष छ।

आईएमइ लाइफ इन्स्योरेन्स उद्घाटन हुँदै। फाइल तश्विर।
युनियन लाइफ इन्स्योरेन्सले बीमा समितिबाट ३७ शाखा खोल्ने अनुमति पाइसकेको छ भने थप अनुमति लिएर यही बर्ष शाखा संख्या ४८ पुर्याउने लक्ष लिएको छ। कम्पनीले हालसम्म १५ प्रतिशत मात्र पुराना बीमा कम्पनीका कर्मचारी तानेको र बाँकी नयाँ भर्ना गरेको बरिष्ठ महाप्रबन्धक कपिल कुमार दाहालले जानकारी दिए। नयाँलार्इ पनि तालिम दिएर कार्यक्षेत्रमा खटाइसकिएको उनले बताए।
सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षमा १६ शाखा खोल्न अनुमती लिएको छ। कम्पनीले हाललार्इ थोरै शाखाबाट धेरै क्षेत्र समेट्ने विस्तारै आवश्यकता शाखा संख्या बढाउने रणनीति लिएको महाप्रबन्धक कमलराज गौतमले बताए। कम्पनीले हरेक शाखा कार्यालयबाट ६०० जनाको दरले अभिकर्तालाई तालिम दिने योजना बनाएको गौतमले सुनाए। स्थापनाताका पुराना कम्पनीका कर्मचारी ताने पनि अहिले ७५ प्रतिशत नयाँलाई अवसर प्रदान गरिएको कम्पनीका सहायक महाप्रबन्धक राजु केशीले बताए।
ज्योति लाइफ इन्स्योरेन्सले तत्काल नौ वटा शाखा खोल्न अनुमति पाएको छ। विस्तारै शाखा संख्या थप गर्ने कम्पनीले जनाएको छ।
अझै ठूलो संख्याका नेपाली बीमाको पहुँच भन्दा बाहिर रहेको कारण आफुहरुलाई बजार बिस्तार गर्न कठिन नहुने नयाँ कम्पनीको दावी छ। ‘पुराना कम्पनी पनि कुनै बेला नयाँ थिए र आज पुराना भएका छन्। भोली हामी पनि पुराना हुनेछौँ’ सन नेपालका गौतमले भने।

अहिले पुराना कम्पनीले राम्रो बोनसदर दिएको दावी गरे पनि आफुहरु छिटै त्यो अवस्थामा पुग्ने नयाँ कम्पनी व्यवस्थापनको आत्मविश्वास छ। त्यसपछि सर्वसाधारणले बीमा गर्दा सेवालाई प्राथमिकतामा राख्ने युनियनका दाहालले बताए।सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय संञ्चालनको अनुमति पाएको छ । कम्पनीले कार्तिक १ गते बीमा समितिबाट कारोबार संञ्चालनको अन्तिम स्वीकृति लिएको हो ।अनौपचारिक कारोबार शुरुवात गरीसकेको कम्पनीले अबको केही दिनमै औपचारिक रुपमा कारोबार संञ्चालन गर्ने बताएको छ । काठमाडौँको थापाथलीमा कर्पोरेट कार्यालय रहने कम्पनीले चालु आर्थिक बर्षभित्रमा ४० वटा शाखा विस्तारको अनुमती पनि प्राप्त गरेको छ !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS