Connect IPS
IME Life

लाभांश पारित सहित प्राइम लाइफको साधारण सभा सम्पन्न, शेयर स्वामित्व परिवर्तनको प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले संस्थापक शेयर र सर्वसाधारण समुहको शेयरको अनूपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस कम्पनीले देशभरमा ज्ञछण् भन्दा बढी स्थानहरुबाट छिटो छरितो र सरल ढङगले जीवन बीमा सेवा उपलब्ध गराई आएको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी परिरहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS