IME Life New

प्राइम लाइफको साधारण सभा आइतबार हुँदै, १३% लाभांश पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफको साधारण सभा आइतबार पुस २४ गते हुँदैछ । उक्त सभा अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । कम्पनीले मर्जर र लाभांश प्रस्ताव तथा शेयर संरचना परिवर्तको पारित गर्ने प्रमुख प्रस्ताव सहित सभा दिउँसो २ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सो को कर प्रयोजनार्थ ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने , कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व परिवर्तन, प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने, सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण नेप्सेमा कारोबार भइ पुस ७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS