IME Life New

नेपाल लाइफद्धारा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स मिर्चैया उप–शाखाद्धारा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाको प्रमुख आतिथिमा भएको भेलामा करीब एक सय भन्दा बढि सक्रिय अभिकर्ताहरु संग कम्पनीको विभिन्न जीवन बीमा योजनाको बारेमा छलफल भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यस पछि मात्र आम नागरिकमा बीमा गर्नु पर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।

Esewa
Crest

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखा प्रमुख जय कुमार दत्त, मिर्चैया शाखाका कर्मचारी गणेश कुमार ठाकुर,एजेन्सी मेनेजर,अमर तामाङ्ग,अनिता कुमारी यादब,विनोद साह,शत्रुधन साह,प्रमोद कुमार साह,राजदेव साश,गुरुशरण दास,विनिता कुमारी साह,राजिन्द्र कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS