IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्सको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने बैशाख १७ गते (मंगलबार) आज अन्तिम दिन रहेको छ। कम्पनीले १९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज गर्दैछ।

कम्पनीको शेयर बैशाख १६ गते सोमबार प्रतिकित्ता एक हजार ३१६ रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

नेपाल लाईफ आर्थिक वर्ष २०७४र७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा बोलाउने कम्पनी हो । इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० प्रतिशत नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS