काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढले अभिकर्ता पुनर्ताजगी कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ५० जना भन्दा धेरै अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै रिजनल म्यानेजर सापकोटाले साबिक सुर्या लाइफ र ज्योति लाइफ अब सुर्यज्योति लाइफ भएर प्रकाश छर्ने बताउँदै आगामी दिनहरुमा यस कम्पनीले बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएका छन् ।
साथै, उनले बीमितहरुलाई बीमाको माध्यमबाट आर्थिक जोखिम र बीमाको आवश्यकताहरु अभिकर्ताको माध्यमबाट जाने भएकाले अभिकर्ताहरु सचेत भएर सही ढङगबाट निष्ठावान भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रमको संचालन हेमराज रिमालले गरेका थिए भने आशिष शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर देवराज ढकाल, प्रेम ढकाल, सिर्जना थापा लगायतको उपस्थिति रहेको थियो ।