IME Life New

यूनियन लाइफद्धारा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इटहरी। यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ मा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार इटहरी स्थित इम्पेरीयल बैंकटमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरेको कम्पनीका प्रदेश १ प्रमुख भुपराज पराजुलीले जानकारी दिए । बीमा ऐन लागु भएसंगै बदलिदो परिबेशमा कम्पनीको ब्यवसाय वृद्धिका लागि अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरीएको हो ।

यस कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सहजीकरण गरेका थिए । कर्णले एमडीआरटी हुनुको महत्व बारे प्रकाश पार्दै छोटो समयमा एमडीआरटी बन्ने उपायहरुको बारेमा चर्चा गरेका थिए ।

Esewa
Crest

प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत बिहीबार झापाबाट शुरु भएको कार्यक्रम शुक्रबार इलाम, शनिबार धनकुटा र आइतबार इटहरीमा संचालन गरी समापन गरिएको कम्पनीका प्रदेश १ उपप्रमुख नविन मिश्रले जानकारी दिए ।

अभिकर्ता लक्षित यस कार्यक्रम प्रदेश १को पथरी पश्चीमका तराई क्षेत्रका अभिकर्ताको उल्लासमय उपस्थिती रहेको थियो । कार्यक्रममा १७५ भन्दा बढि अभिकर्ताहरु उपस्थित भई लाभ लिएको कम्पनिको इटहरी शाखा प्रमुख ऋषीराज पराजुलीले जानकारी दिए ।

पथरी शाखा प्रमुख दिपेश थापा, विराटचौक शाखाप्रमुख सन्तोष घिमिरे, रंगेली शाखाप्रमुख अमित कुमार शाह, विराटनगर शाखाप्रमुख निर्मल कुमार मिश्र, दुहवी शाखाप्रमुख सविन भटराई, इटहरी शाखाप्रमुख ऋषीराज पराजुली, झुम्का शाखाप्रमुख सुजन राजधामी, इनरुवा शाखाप्रमुख अनिल शाह र धरान शाखाप्रमुख इन्द्र बहादुर कार्कीको विशेष उपस्थिती साथै अभिकर्ता र कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम संचालन गरी समापन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

0%
sad

दु :खी

18%
amazed

अचम्मित

18%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS