IME Life New

जातीय विभेदलाई प्राेत्साहन गर्दै नेपाल लाईफ, नायब महाप्रबन्धक पाेखरेलले दिए संविधान विराेधी अभिव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपालको जीवन बीमा बजारमा सबैभन्दा ठूलो बीमकको रुपमा चिनाउँदै आएको नेपाल लाईफ इन्स्योरेन्सले जातीय विभेदलाई प्रोत्साहन गरेको पाइएको छ ।

नेपाल लाईफको आधिकारिक वेबसाइटमा राखिएको जीवन बीमाबारे यसरी बुझौं शिर्षक आलेखको प्रारम्भमै लेखक उमापति पोखरेलले मरेपछि डुमै राजा भन्ने वाक्यांश उल्लेख गरेका छन् । तराईका जिल्लाहरुमा हिन्दू धर्मावलम्बीहरुभित्र पिछडिएको समुदायका रुपमा चिनिंदै आएको डुम समुदायालाई होच्याउने अभिप्रायले उनले ,”हातगोडा चलुन्जेल कमाउने-खाने, मरेपछि डुमै राजा” भन्ने वाक्यांश उल्लेख गरेका छन् । डुम समुदायकाे काेही शक्तिमा पुग्दा वा राजा हुँदा कसैलाई कुनै उत्साह वा चासाे हुनेछैन वा याे समुदाय राजा(शासक) हुनै सक्दैन भन्ने आशय याे वाक्या‌ंशमा छ ।

Esewa
Crest

नेपाल लाईफको बिक्री विभाग प्रमुख समेत रहेका नायब महाप्रबन्धक पोखरेलले डुम समुदायलाई होच्याउने नियतले दिएको अभिव्यक्ति नेपालको संंविधान २०७२ को धारा २४ को बर्खिलाप छ । धारा २३ को उपधारा ३ मा उत्पत्ति, जाती, वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्शाउने, जात जाती वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साह गर्न पाइनेछैन भन्ने उल्लेख छ ।

जातीय छुवाछुत विरुद्धको संवैधानिक प्रावधानको समेत नजरअन्दाज गर्दै कारोबारको आकार र जनशक्तिको आधारमा देशकै ठूलो कहलिएको जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले संस्थागतरुपमा नै नायब महाप्रबन्धक पोखरेलको अभिव्यक्तिलाई समर्थन जनाउँदै आफ्नो आधिकारिक वेबसाइटमा समेत महत्वका साथ प्रकाशन गरेको छ ।

को हुन डुमः

पहाडी क्षेत्रमा डुम र तराईमा डाेम भनिने समुदाय हिन्दू परिवारभित्रकाे एक समुदाय हाे । शिक्षा सम्पत्ती र राेजगारी अवसरकाे दष्टिकाेणले पिछडिएकाे याे अल्पसंख्यक समुदाय हाे । याे समुदायकाे बसाेबास तराईका अधिका‌ंश जिल्लामा रहेकाे छ । विशेषगरी याे समुदाय शहरी क्षेत्रमा स्थानीयपालिकाहरू अन्तर्गत सरसफाईकर्मीकाे पेशा गर्दै आएकाे छ । ग्रामीण भेगमा बसाेबास रहेका यस समुदायका मानिसहरु खेतबारीमा दैनिक ज्यालादारी गर्ने सुंगुर लगायतकाे चाैपाया पालन गर्ने, बाँसकाे चाेया वा परालबाट गुन्द्रीकाे  साथै परम्परागत भाँडाकुडा बुन्ने कामबाट जीविकाेपार्जन गर्दै आएका छन् ।

आर्थिकरुपमा अति विपन्न र अधिका‌ंश भूमीहिन अवस्थामा रहने भएकाले उनीहरूकाे लागी आधारभूतदेखि उच्च शिक्षासम्म र राेजगारीकाे अवसर समेतबाट वञ्चित रहँदै आएका छन् । चुनावका समयमा याे समूदायलाई भाेट बै‌ङ्ककाे रुपमा प्रयाेग समेत गरिरहेकाे सुनिन्छ ।  डुम समुदायले आफ्नाे समुदायकाे हित तथा स‌ंरक्षणका लागी एकजना अगुवा चयन गर्ने परम्परादेखि नै चलन रहँदै आएकाे छ । यसरी समुदायबाटै चुनिने अगुवाले समुदायभित्रकाे विवाद समाधानका लागी मध्यस्थकर्ताकाे भूमीका निर्वाह गर्ने निर्णय सुनाउने सल्लाह सुझाव दिने र आवश्यकता अनुसार आफ्नाे समुदायकाे कल्याणका लागी सम्बन्धित निकाय समक्ष पहल गर्ने जिम्मेवारी निर्वाह गर्छन् ।

नेपालमा विशेषगरी तराईका जिल्लाहरुमा उच्च धार्मिक आस्थाका साथ मनाइने छठ पर्वका लागी आवश्यक पर्ने बाँसकाे चाेयाबाट बुनिएका भाँडाकुँडा डुम समुदायले नै तयार पारिदिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

26%
sad

दु :खी

17%
amazed

अचम्मित

9%
excited

उत्साहित

48%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS