काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेन्जमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
अब यो बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले असोज १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।