Connect IPS
IME Life

नेपाल लाइफका सञ्चालकले कानुन विपरित शेयर धितोमा राखेर लिए कर्जा, बीमा प्राधिकरणले गर्यो अनुमोदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका दुई सञ्चालकले नियम विपरित शेयर धितोमा राखेर कर्जा लिएका छन् । सञ्चालक द्धय शक्तिकुमार गोल्याण र विवेक अग्रवालले नियम भन्दा बाहिर गएर आफ्नो नामको शेयर धितोमा राखेर कर्जा लिएका हुन् ।

नियम अनुसार संस्थापक शेयरधनीले आफूले धारण गरेको शेयर मध्ये ५० प्रतिशत भन्दा बढी शेयर धितो राखी कर्जा लिन पाउदैनन् । तर नेपाल लाइफका दुई सञ्चालक शक्ति कुमार गोल्याणले आफू सँग भएको शेयर मध्ये ७३.६९ प्रतिशत शेयर धितोमा राखेर कर्जा लिएका छन् ।

Prabhu
Crest

उनि सँग ५ लाख ७९ हजार ३८५ कित्ता शेयर रहेको छ । यस मध्ये गोल्याणले ४ लाख २६ हजार ९२९ कित्ता शेयर धितोमा राखेर कर्जा लिएका छन् । त्यस्तै विवेक अग्रवालले पनि आफू सँग भएको शेयर मध्ये ८० प्रतिशत शेयर धितोमा राखेर कर्जा लिएका छन् ।

अग्रवाल सँग २ लाख ९३ हजार २३ कित्ता शेयर रहेको छ । उनले यस मध्ये २ लाख ३६ हजार १७२ कित्ता शेयर धितोमा राखेर कर्जा लिएका छन् ।

नियम अनुसार एक प्रतिशत भन्दा माथिको संस्थापक शेयर पूँजी भएका शेयरधनीहरुले शेयरधितो राखी कर्जा लिनु परेमा पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था छ । दुबैले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत नलिइ कर्जा लिनै पाउदैनन् ।

उक्त शेयर धितोमा राखेको कुरालाई बीमा समितिले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने वेलामा राम्रो सँग हेरेका हुन्छन् । यसरी नियम विपरित भएको लगानीलाई प्राधिकरणले स्वीकृत गरेको देखिन्छ । एकातिर कम्पनीले नियम विपरित लगानी गर्ने अर्को तर्फ नियामक निकाय प्राधिकरणले अनुमोदन गर्ने काम गैरकानुनी अभ्यास हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

75%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS