Connect IPS
IME Life

आइएमई लाइफका संस्थापकलाई सत प्रतिशत पूँजी थप्ने म्याद मंसिर २० गतेसम्म थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई सत प्रतिशत पूँजी थप गर्ने समय थप गरेको छ । कम्पनीले कार्तिक एक गतेदेखि मंसिर ५ गतेसम्म सम्बन्धित शेयरधनीहरुलाई सत प्रतिशत पूँजी थप गर्न आह्वान गरेको थियो ।

यस अवधिमा चुनाव पनि परेको र माग बराबरको आवेदन नपरे पछि कम्पनीले पूँजी थप्ने म्याद मंसिर २० गतेसम्म थप गरेको हो । कम्पनीले गत असोज २६ गते सम्पन्न गरेको पाँचौ वार्षिक साधारणसभाबाट विद्यमान संस्थापकहरु सँग सत प्रतिशत पूँजी थप गर्ने निर्णय पारित गरेको थियो ।

Prabhu
Crest

अन्य कम्पनीहरु बीमा समितिले तोकेको पूँजी थप गर्न नसके पछि मर्जरमा गइरहदा नेपाल लाइफ भने विद्यमान संस्थापकहरु सँगै पूँजी थप गर्ने तयारीमा छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रहेको छ । अहिलेको विद्यमान संस्थापकहरु सँग सत प्रतिशत पूँजी आह्वान पछि २ अर्ब ८० करोड पुग्नेछ । यस पछि कम्पनीले ३० प्रतिशत पूँजी आइपिओ जारी गरेर जुटाउनेछ । यदि मर्जरमै गए पनि कम्पनीलाई अर्को कम्पनी सँग मर्जरको लागि वार्गेनिङ पावर बढ्नेछ ।

यदि मर्जर नै नगरी पूँजी जुटाउन खोजेमा पहिला आइपिओ निष्काशन गर्ने र नपुग पूँजी बोनस शेयर दिएर जुटाउन सक्नेछ । बीमा प्राधिकरणले आइपिओ निष्काशन नगरेका कम्पनीहरुलाई जति पनि हकप्रद मार्फत पूँजी जुटाउन दिइरहेको छ । तर आइपिओ निष्काशन गरिसकेका कम्पनीहरुलाई पनि हकप्रद शेयर निष्काशन गर्न दिइरहेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS