Connect IPS
IME Life

नेपाल लाइफको निवर्तमान सिइओको वार्षिक तलब सुविधा एक करोड १३ लाख, कुल व्यवस्थापन खर्च २ अर्ब ५३ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड १३ लाख तलब भत्ता तथा अन्य सुविधा प्रदान गरेको छ । यो तलब सुविधा निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले बुझेका हुन् ।

प्रसाइले २०७७ साउन एक गतेदेखि माघ २८ गतेसम्म कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । करिव ६ महिना पछि मात्रै उनले २०७७ माघ २८ गते प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । प्रसाइले पुर्ण रुपमा सिइओको जिम्मेवारी पाएको एक वर्ष पनि पुरा नगरी २०७८ कार्तिक १८ गते राजिनामा दिएर बाहिरिएका थिए । विवेक झाले २०७७ असार ३१ दोस्रो कार्यकाल पुरा गरेर बाहिरिए पछि प्रसाइले जिम्मेवारी पाएका थिए ।

Prabhu
Crest

कम्पनीले सार्वजनिक गरेको २२ औ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृतले निश्चित वार्षिक तलब तथा भत्ता ६३ लाख ६३ हजार रुपैयाँ बुझेका छन् । कार्यसम्पादनमा आधारित परिश्रमिक स्वरुप प्रोत्साहन सुविधा बापत थप २२ लाख र अन्य सुविधाहरु २७ लाख सहित जम्मा एक करोड १३ लाख रुपैयाँ बुझेको पाइएको छ । यो सबै प्रासाइले नै बुझेका हुन् ।

यस आर्थिक वर्षमा सञ्चालकहरुले बैठक भत्ता बापत ८४ लाख ३६ हजार रुपैयाँ बुझेको पाइएको छ । त्यस्तै उच्च व्यवस्थापन तहका १९ जना कर्मचारीले तलब भत्ता दशै खर्च र सञ्चयकोष सुविधा बापत ७ करोड ६९ लाख प्राप्त गरेका छन् ।

यस बाहेक कर्मचारीले सेवा, शर्ता तथा सुविधा अनुसार संचयकोष बापत २ करोड ६ लाख, वार्षिक तथा अनिवार्य विदा बापतको संचित र भुक्तानी २ करोड २८ लाख, जीवन बीमा प्रिमियम बापतको भुक्तानी एक करोड २१ लाख, दशै भत्ता बापत २ करोड ८९ लाख तथा गाडी सुविधा बापत २ करोड ५८ लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस आर्थिक वर्षमा कर्मचारी खर्च मात्रै ५९ करोड ३९ लाख र प्रशासकिय खर्च एक अर्ब ९५ करोड सहित कुल व्यवस्थापन खर्च २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यसरी नेपाल लाइफ जस्तो सर्वाधिक बीमितको सञ्जाल भएको कम्पनीलले २ खर्ब ५४ करोड खर्च गर्नु भनेको बीमित माथिकै भार हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS