Connect IPS
IME Life

दिपेन्द्र निरौलाको नजरमा इमान्दारिता र निरन्तरता दिनेका लागि अभिकर्ता पेशा सबैभन्दा उत्कृष्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धनकुटा निवासी दिपेन्द्र निरौला विगत लामो समयदेखि बीमासँग नजिक छन् । धनकुटा बहुमुखि क्याम्पसमा उप प्राध्यापकको रुपमा सक्रिय भएपनि बीमाप्रति उनको लगाव छुट्टै छ । उनले बीमासँग नाता जोडेको भने लगभग दुई दशक भइसक्यो । यो समय अवधिमा उनले बीमा क्षेत्रमा भएको उतार चढावलाई नजिकबाट नियालेका छन् । यहि बीमाको माध्यमबाट थुप्रै परिवारलाई आर्थिक संकटबाट जोगाएका छन् । इमान्दारी, धैर्यता बोलिको. मिठासताले जीवन सरल बनाउँछ भन्ने ज्ञान बीमा क्षेत्रबाट बटुलेका छन् धनकुटाका निरौलाले । जसकारण दशक वित्दा पनि उनी बीमा अभिकर्ता पेशामा निरन्तर लागि परिरहेका छन् ।

Prabhu
Crest

धनकुटा निवासी दिपेन्द्र निरौला २०६० सालतिर अस्पतालमा उपचार सेवामा कार्यरत थिए । सोहि समय नेपाल लाइफ इन्स्योरेन्सले बीमा सम्बन्धी संचालन गरेको तालिममा उनी सहभागी भएका थिए । तालिममा सहभागी भएका उनले बीमा के हो बीमा किन गर्ने भन्ने बारेमा भने खासै बुझेनन् । तर, केहि समयको खोजी र यस बारे जागेको उत्सुकताले उनलाई अभिकर्ताको बाटो तर्फ मोडेको उनी बताउँछन् । उनले सुरुवाती समयमा नेपाल लाइफको अभिकर्ताको रुपमा काम सुरु गरेका थिए । करिब २ दशक वित्न लाग्दा पनि उनी नेपाल लाइफसँगै आवद्ध छन् ।

उनले अभिकर्ता पेशा सुरु गर्ने समय बीमा क्षेत्रलाई विश्वास गर्ने अवस्था नभएको उनी बताउँछन् । नेपालमा बीमाबारे खासै जनचेतना नभएकाले मानिसहरुलाई विश्वस्त पार्न निक्कै गाह्रो हुने गरेको उनको अनुभव छ । भरखर भरखर खुलेको बीमा कम्पनी स्वयमलाई विश्वास गर्ने अवस्था थिएन । सो समय ५०/६० हजार रुपैयाँको बीमा गर्न धौ धौ पर्ने गथ्र्याे । कोहि कसैले ५ लाखसम्मको बीमा पोलिसी बिक्रि गर्दा समेत ठूलो रकमको बीमा गरेको लाग्ने उनको अनुभव छ ।

अस्पतालमा उपचार सेवामा कार्यरत निरौला बीमा अभिकर्ता पेशासँगै अभिकर्ता पेशामा सक्रिय रुपमा लागि परेका थिए । केहि समयपछि भने उनी अध्यापन पेशामा संलग्न भए । यससँगै उनको बीमा अभिकर्ता पेशाले थप अग्रता लिएको उनी बताउँछन् । अभिभावकसँगको चिनजान र निकटतालाई उनले व्यवसाय फैलाउने मौकाको रुपमा लिए । यसरी जनसम्पर्क बढ्दै जाँदा अध्यापन पेशाबाट बचेको केहि समय अभिकर्ता पेशामा दिँदा समेत उनी उत्कृष्ट व्यापार गर्ने अभिकर्ताको रुपमा चिनिन सफल बने । यसले उनलाई आर्थिक रुपमा सपोर्ट गरेसँगै चिनजान र जनसम्पर्कलाई निरन्तरता दिन सहयोग गरेको उनको भनाई छ ।

२०६० सालदेखि अभिकर्ता पेशामा संलग्न भएका निरौलाले यो समयअवधिमा करिब ७ सय घरपरिवारलाई भविष्यमा हुने आर्थिक जोखिमबाट जोगाएका छन् । उनले गरेको कतिपय बीमा म्याचोड भइसकेको छ भने त्यहि बीमितले पुन बीमा गर्नका लागि उनलाई नै खोज्दै आउने गरेको उनको भनाई छ । उनका अनुसार उनीप्रतिको इमान्दारीता र विश्वसनियताकै कारण पुन बीमा गर्नका लागि बीमितहरु आउने गरेका छन् । साथै सोहि बीमितहरुले आफ्नो परिवारका अन्य सदस्यहरुको बीमा गर्नका लागि पनि उनी समक्ष नै आउने गरेका छन् । यसैकारणले पनि थोरै समय अभिकर्ताको लागि दिँदा पनि नेपाल लाइफको धनकुटा शाखामा सबैभन्दा राम्रो व्यापार गर्ने अभिकर्ता बन्न सफल भएका छन् ।

निरौलाको टिममा हाल करिब १५० भन्दा बढी अभिकर्ता संलग्न छन् । उनको टिमले बार्षिक करोभन्दा माथिको प्रिमियम संकलन गर्दै आएका छन् । जसमध्ये सबैभन्दा धेरै सेल्स गर्ने र धेरै व्यवसाय गर्नेमा भने निरौला नै पर्ने गरेका छन् । यहि कारण उनी करिब ८ वर्षदेखि निरन्तर सिनियर एजेन्सी म्यानेजर बन्न सफल भएका छन् । उनी पूर्वाञ्चलमै उत्कृष्ट सेलरका साथै धनकुटा शाखामा लगातार३ वर्षदेखि सेल्फ र टिममा प्रथम हुँदै आइरहेका छन् ।

बोलिको भरमा गर्ने पेशा भएकोले अभिकर्ता पेशालाई चुनैतिपूर्ण पेशाको रुपमा लिन्छन् उनी । बीमाबारे बुझाएर व्यक्तिको खल्तीबाट पैसा निकालेर व्यवसाय गर्नुपर्ने भएकोले यो पेशा गर्न सजिलो भने छैन । तथापि बीमाबारे यथेष्ट ज्ञान र मिठो बोलिबचन बोल्न सक्ने हो भने यसप्रति कन्भिन्स गर्न भने गाह्रो छैन । नियमित रुपमा बीमिलाई फलो गरिरहने, कामलाई निरन्तरता दिने र धैर्यता राख्ने हो भने यो पेशा अन्य पेशाभन्दा एकदमै उत्कृष्ट पेशा भएको उनको भनाई छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS