IME Life
GBIME

नेपाल लाईफ, एलआईसी नेपाल र नेशनल लाईफलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको (३ महिना) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब ६५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोकेको पुँजी भन्दा पनि धेरै छ भने एलआईसी नेपाल र नेशनल लाईफको भने पुँजी कम रहेको छ ।

Crest

जगेडा कोषको आधारमा :
नेपाल लाईफको जगेडा कोषमा १ अर्ब ९९ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ संचित छ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैँया संचित छ ।

 

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ५३  अर्ब ७७ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
३ महिनाको अवधिमा नेपाल लाईफले ९ अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ४ अर्ब ४९ करोड कुल बीमा शुल्क आर्जन गर्दा नेशनल लाईफ इन्स्योरेन्सले ४ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ३ महिनासम्मको अवधिमा नेपाल लाईफ १७ करोड ५७ लाख खुद नाफामा रहेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले ११ करोड ७१ लाख खुद नाफा गरेको छ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ५९ लाख खुद नोक्सानीमा रहेको छ ।

किताबी मूल्य:
एलआईसी नेपालको किताबी मूल्य १३६ रुपैयाँ ५७ पैसा हुँदा नेपाल लाइफको १३४ रुपैयाँ ३९ पैसा र नेशनल लाईफको १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

0%

दु :खी

8%

अचम्मित

31%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS