IME Life New

नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा प्राधिकरणको ८ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले ८ बुँदे निर्देशन जारी गरेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गर्दै यस्तो निर्देशन दिएको हो । बीमा प्राधिकरणले कम्पनीलाई आर्थिक बर्षको ७७र७८ को कम्पनीको वित्तीय विवरण बीमा ऐन अन्तर्गत साबिक बीमा समिति ( नेपाल बीमा प्राधिकरण) बाट जारी भएको जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशनको निर्देशन नं.७, ५, ७.६ र ७.७ अनुरुप बार्षिक प्रतिवेदनमा समावेश गर्न र साधारणसभामा पेश गर्न शर्त र आदेश सहित स्वीकृति प्रदान गरिएको जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन पुर्ण रुपमा पालना गर्न, बीमकले अन्य समिति तथा दायित्व अन्तर्गत देखाएका पुराना हिसाब राफसाफ गर्न, अभिकर्ताहरुसँग सम्बन्धीत खर्च उच्च रहेको प्रति बीमक समेत रहन निर्देशन दिएको हो ।

Esewa
Crest

त्यस्तै, बीमकले जोखिम व्यवस्थापन समितिलाई प्रभावकारी बनाउनका लागि जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन बमोजिम जोखिम व्यवस्थापन सम्बन्धी कार्य गर्न, आन्तरिक नियन्त्रण प्रणली सुदुढ बनाउन, बीमकको जोखिमांङकन तथा दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन, लेखापरिक्षकले औल्याएको सम्पूर्ण कैफियतहरु सुधार गर्न तथा पुनः नदोहराउन र बीमकले बीमा समितिबाट वित्तिय विवरण पारित भएको ६० दिनभित्र साधारणसभा गर्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

13%
sad

दु :खी

16%
amazed

अचम्मित

3%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS