नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
नेशनल लाइफको संस्थागत अभिकर्ता बने सँगै सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट नेशनल लाइफका जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ ।