IME Life New

ह्युण्डाई माेटर्सले निर्जीवन बीमा व्यवसायमा पनि हाल्याे हात, भारतीय नियामकबाट पायाे इजाजत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । काेरियाली माेटर उत्पादक कम्पनी ह्युण्डाई माेटर्सले भारतमा निर्जीवन बिमा व्यवसाय पनि शुरु गर्ने भएकाे छ । याे कम्पनी हुन्डाई इन्डिया इन्स्योरेन्स ब्रोकिङ प्राइभेट लिमिटेड मार्फत “बीमा सेवा उद्याेगमा” प्रवेश गरेकाे हाे ।

सवारीसाधन खरिदको समग्र मूल्य शृङ्खलाको ठूलो अंश हात पार्ने उद्देश्यले निर्जीवन बीमा व्यवसायमा पनि यसले हात हालेकाे हाे । नयाँ कम्पनीले बीमा नियामक विकास प्राधिकरणसँग निर्जीवन बीमा सेवाकाे लागी प्रत्यक्ष दलालकाे रूपमा इजाजत प्राप्त गरेकाे छ ।

Esewa
Crest

हुन्डाईले सेप्टेम्बर २०२२ मा आफ्नो व्यावसायिक सञ्चालन शुरू गर्ने अपेक्षा गरिएको थियो। कम्पनीले ३१ मार्च, २०२२ सम्म आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनी हुन्डाई इण्डिया इन्स्योरेन्स ब्रोकिङ प्राइभेट लिमिटेडमा विभिन्न चरणहरूमा ६ कराेड ४० लाख रुपैयाँ लगानी गरेको थियो ।
भारतीय निर्जीवन बीमा व्यवसायमा ३५ देखि ४० प्रतिशत हिस्सा माेटर बीमालेख जारी गरेवापत प्राप्त हुने बीमाशुल्कले ओगटेकाे छ । भारतमा माेटरबीमावापत वार्षिक करिब ८० हजार कराेड भारु बीमाशुल्कवापत संकलन हुने गरेकाे छ ।

कम्पनीले सुरुमा माेटर बीमालेख बिक्री गर्ने र पछि क्रमशः अन्य बीमा सेवा समेत थप्दै लैजाने एशियन इन्स्याेरेन्स रिभ्युले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS