IME Life New

दक्षिण भारतबाट यात्रा बीमासहित ‘नेपाल हवाई टुर प्याकेज’ घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतीय रेलवे खानपान र पर्यटन निगम (आइआरसिटिसि) लिमिटेडले दक्षिण भारतको विशाखापट्टनमबाट नेपालको धार्मिक तथा पर्यटकीयस्थलको लागि विशेष अन्तर्राष्ट्रिय हवाई प्याकेज यात्रा सुरु गरेको छ।

“नेपालको प्राकृतिक सौन्दर्य” नामको पाँच रात र छ दिनको भ्रमणले काठमाडौंको पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, पाटन दरबार स्क्वायर, तिब्बती शरणार्थी केन्द्र, स्वयम्भूनाथ स्तुपाको साथै पोखराको बिन्ध्यवासिनी मन्दिर, डेभिल्स फल र पोखराको गुप्तेश्वर महादेव गुफालाई समेट्नेछ।

Esewa
Crest

यो भ्रमण नोभेम्बर २४ मा शुरु भएर नोभेम्बर २९ मा समापन हुनेछ। एकलको लागी प्रति व्यक्ति लागत भारु ५८,१५०, दुईजनाको लागि प्रति व्यक्ति भारु ४९,४९९ र एउटा कोठामा ३ जना सुत्ने गरी प्रति व्यक्ति भारु ४८,५१० को प्याकेज घोषणा गरिएको आइआरसिटिसिको वेबसाइटमा उल्लेख छ।

प्याकेजमा विशाखापट्टनमदेखि काठमाडौं र फिर्तीको हवाई उडानको टिकट, पाँचवटा बिहानको नास्ता र पाँच रातको खाना, एसी डिलक्स कोचबाट सबै स्थानमा ल्याउने प‍ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुर्‍याउने, पर्यटकीय स्थलको प्रवेश शुल्कसहितको भ्रमण र ६० वर्ष मुनिका व्यक्तिहरूको लागि यात्रा बीमा समावेश गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

84%
happy

खुसी

4%
sad

दु :खी

4%
amazed

अचम्मित

7%
excited

उत्साहित

1%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS