काठमाडौं । तिहारको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औंशीका दिन आज गाई तिहार मनाइदैछ । गाईको पूजा गर्ने भएकोले आजको दिनलाई गाई तिहार भन्ने गरिन्छ ।
विहानै गाईलाई फूलमाला लगाइदिने र पूजाआजा गरिन्छ । पूजा सकेपछि भने गाईलाई पिठो लगाएत अन्य खानेकुरा खान दिइन्छ । यसरी गाईलाई पूजा गरेर खान दिएमा फलिपाप हुने जनविश्वास रहिआएको छ ।
जनैपूर्णिमाको दिन लगाएको डोरो आजको दिन खोलेर गाईको पुच्छरमा बाँध्ने चलन पनि रहेको छ । गाईको टाँङमुनिबाट छिरेर गाईको पुच्छरमा डोरो बाँध्दा पापबाट मुक्त हुने साथै वैतर्णी तर्छ भन्ने विश्वासका साथ गाईपूजा गरिन्छ ।
आजको रातलाई अत्यन्त अँध्यारो रातको रुपमा लिइन्छ । आजकै दिन लक्ष्मीको पूजाआराधना गरि घरघरमा बत्ती बाल्ने गरियता पनि यो वर्ष आजको दिन सूर्य ग्रहण लाग्ने भएकोले लक्ष्मीको पूजा गर्नु उचित रहदैन । सूर्य ग्रहण तथा चन्द्र ग्रहणको समयमा कुनै पनि पूजापाठ गर्नु उपयुक्त मानिदैन ।