IME Life New

सिटिजन लाइफद्धारा वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौ बार्षिकोत्सवको आवसरमा रुपन्देहीको तिलोत्तमा १३ करौजियामा रहेको विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा र दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एजेन्सी म्यानेजरहरुको अगुवाइमा सम्पन्न भएको हो ।

कम्पनिले कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । यस अवसरमा कम्पनीले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा मनाउने क्रममा देशैभरि विभिन्न कार्यक्रमहरु संचालन भएका छन । विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा समितिका अध्यक्ष नन्द प्रसाद गुरुङले कम्पनिले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले गुम्बा समिति, समाज र संस्था बिच सुमधुर सम्बन्ध कायम हुने बिश्वास ब्यक्त गरे, साथै कम्पनिले आयोजना गरेको कार्यलाई सराहना गर्दै गुम्बाले समाजमा सबै समुदायका लागि विभिन्न सेवामुलक कार्य गर्दै आइरहेको संस्थाका सचिव मदन मोहन सिंह गुरुङ्गले बताए ।

Esewa
Crest

साथै करौजिया चोकमा रहेको दुर्गा मन्दिरका अध्यक्ष गोपाल काफ्ले कम्पनि ले स्वतस्फुर्त रुपमा मन्दिर परिसरको सरसफाई कार्यक्रम गरेकोमा धन्यबाद दिदै सिटिजन लाइफको बारेमा आफुले पनि धेरै राम्रा कुराहरु सुनेको बताए । सिटिजन लाइफ कम्पनिका क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देलले सिटिजन लाइफ कम्पनिले बिगत पाच बर्षमा देशका ७० जिल्लामा १४७ ओटा शाखाहरु बाट आफ्नो सेवा संचालन गरिरहेको र छिट्टैनै नेपालका सबै जिल्लामा जनतालाई जीवन बिमाको सर्वोत्तम सेवा दिन कम्पनीले आवश्यक तयारि गरिरहेको बताए ।
परासी शाखाका शाखा प्रबन्धक दिपक थापा क्षेत्रीले अहिले कम्पनीले देशैभरि विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको बताउदै कार्तिक २ गते कम्पनिले रक्तदान कार्यक्रम आयोजना गरेकोले भैरहवाको बर्मेली टोल स्थित शाखामा उपस्थितिको लागि निमन्त्रणा गरे ।

छोटो समयमा राम्रो कार्य सम्पादन गर्दै घर घरमा बिमाको पहुच पुर्याउने उदेश्य लिदै कम्पनीले समाजको अभिन्न अंगको रुपमा रही सानो लगानीमा ठुलो सुरक्षा दिईरहेकोले सबैले समयमै आफ्नो सुरक्षाको लागि आफ्नो क्षमताअनुसारको लगानी जीवन बिमामा गर्नुपर्नेमा भैरहवा शाखाका शाखा प्रबन्धक गिरिजा खनालले जोड दिए ।

कम्पनिका ब्याक अफिस कर्मचारी तेज पाण्डेले कम्पनिले आफ्ना बीमितहरुको सेवा र सुरक्षाको लागि कम्पनीले दिर्घकालिन काम गरिरहेको बताउदै जीवन बीमाको महत्वको बारेमा प्रकाश पार्दै बीमाको पहुच हरेक व्यक्ति समक्ष पुर्याउन करिब ४०,००० अभिकर्ताहरुको ब्यबस्था गरेको जानकारी गराए । हरेक अभिकर्ताले बीमा गर्ने मात्र नभई दावी भुक्तानी प्रक्रियामा पनि उत्तिकै सक्रिय हुनुपर्ने अफिस कर्मचारी मनिषा गौतमले बताए ।

कम्पनिका एमडीआर्टि, एजेन्सी म्यानेजर ,युनिट म्यानेजरको सक्रियतामा संचालन भएको कार्यक्रम कार्तिक १ गते दिउसो ४ बजे देखि भलवारी शाखाको अग्रसरतामा संचालन भएको थियो । जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक –याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको शाखा प्रबन्धक रबिराज काफ्लेले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS