IME Life New

चुनावमा भड्किलो प्रचार गर्न नपाईने, दलको लोगो भएको झण्डा पनि बोक्न मनाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले भड्किलो चुनाव प्रचार प्रसार नगर्न निर्देशन दिएको छ । निर्वाचन आचार संहिता अनुसार यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख छ ।

Esewa
Crest

निर्वाचन आयोगले उम्मेदवारलाई आचार संहिता कार्यान्वयनका लागि कडाइ गरे पनि उनिहरुको खर्च भने भड्किलो नै देखिन्छ । चुनावका समयमा करोडौ खर्चिने र चुनाव जितेपछि उक्त पैसा उठाउन अनेकौ किसिमका भ्रष्टाचार गर्ने भएकाले चुनावमा भड्किलो खर्च गर्नु राम्रो मानिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS