Connect IPS
IME Life

बीमा अभिकर्ताको लाइसेन्स लिएर नविकरण नगर्नेका लागि अन्तिम मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा अभिकर्ताको लाइसेन्स लिएर नविकरण नगर्नेले यहि असोज ३१ गतेसम्म अन्तिम मौका पाउने छन् । कार्तिक एक गतेदेखि लाइसेन्स लिएर नविकरण नगर्ने अभिकर्ताको लाइसेन्स स्वत खारेज हुने कानुनी व्यवस्था छ । बीमा समितिका अनुसार अझै पनि ६० हजार भन्दा धेरै अभिकर्ताले लाइसेन्स नविकरण गरेका छैनन् । उनिहरुले असोज ३१ गतेसम्ममा नविकरण नगरेमा लाइसेन्स खारेज हुनेछ ।

अभिकर्ताले आफ्नो लाइसेन्स नविकरण अनलाइन प्रणालीबाट गर्न सक्ने बीमा समितिले जनाएको छ । अभिकर्ताले हर्जना सहित ९२५ रुपैयाँ तिर्नु पर्ने छ । अभिकर्ताहरुले चैत मसान्त भित्रमा नविकरण गरिसक्नु पर्ने व्यवस्था छ । यदि चैतमा नविकरण नगरेमा पहिलो दुई महिना भित्रका लागि २०० रुपैयाँ हर्जना तिर्नु पर्छ । नविकरणका लागि थपिएको पहिलो दुई महिनामा पनि नविकरण नगरेमा अभिकर्ताले असोज मसान्तसम्मको अवधिमा प्रति दिन ५ रुपैयाँका दरले हर्जना भुक्तानी गर्नु पर्छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार गत चैत मसान्तसम्म अभिकर्ताको लाइसेन्स लिनेको संख्या २ लाख ५० हजार थियो । यस मध्ये एक लाख ८०/९० हजार जनाले नविकरण गरेका छन् । ६० हजारले अझै नविकरण गरेका छैनन् । उनिहरुका लागि अव चार दिन मात्रै समय बाँकी छ ।

बीमा कम्पनीहरुले अभिकर्ताको संख्या धेरै देखाउनका लागि भएपनि सजिलै लाइसेन्स वितरण गर्दै आइरहेको छ । जसकारण अभिकर्ताको लाइसेन्सको महत्व घटेको छ । साथै अभिकर्ता पेशा व्यवसायीक बन्न नसक्दा लाइसेन्स लिने र निष्क्रिय बन्ने अभिकर्ताको संख्या बढ्दो छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%

खुसी

54%

दु :खी

23%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS