Connect IPS
IME Life

युनिलिभर नेपालको १० वर्ष अघि १० कित्ता शेयर हुनेले कति पाए नगद लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। युनिलिभर नेपाल लिमिटेड नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरु मध्ये सर्वाधिक लाभांश दिने कम्पनीमा पर्छ । नगद लाभांश मात्र दिने गरेको यस कम्पनीको विगत १० वर्षको तथ्यांक हेर्दा अधिकतम १२७० प्रतिशतसम्म नगद लाभांश दिएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको लाभांश दिएको छ । आर्थिक वर्ष ७८/७९ को लाभांश भने कम्पनीले अझै पनि घोषणा गरेको छैन ।

Prabhu
Crest

एक दशकको इतिहासमा कम्पनीले आर्थिक वर्ष ७६/७७ मा सबै भन्दा कम शत प्रतिशत नगद लाभांश दिएको थियो । एक दशकममा जम्मा ७ हजार ८०० प्रतिशत नगद लाभांश वितरण गरेको यस कम्पनीले औसतमा वार्षिक ७८० प्रतिशत लाभांश दिएको छ।

१० वर्ष अघि युनिलिभर नेपालको १० कित्ता शेयर हुने लगानीकर्ताले रु. ७८ हजार नगद लाभांश बुझेका छन् । ( लाभांशमा लाग्ने कर भने घटाईएको छैन )

त्यस्तै दोश्रो बजारमा यो कम्पनीको शेयर मूल्य पनि आकर्षक भएकोले पुराना लगानीकर्ताले त्यसको पनि भरपुर लाभ लिएका छन्। अहिले कम्पनीको बजार मूल्य १८ हजार रुपैयाँ छ। अहिले पनि यो कम्पनीको १० कित्ता शेयरको दोश्रो बजारमा मूल्य १ लाख ८० हजार हुन् आउँछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%

खुसी

25%

दु :खी

37%

अचम्मित

8%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS