IME Life New

युनिलिभर नेपालको १० वर्ष अघि १० कित्ता शेयर हुनेले कति पाए नगद लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। युनिलिभर नेपाल लिमिटेड नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरु मध्ये सर्वाधिक लाभांश दिने कम्पनीमा पर्छ । नगद लाभांश मात्र दिने गरेको यस कम्पनीको विगत १० वर्षको तथ्यांक हेर्दा अधिकतम १२७० प्रतिशतसम्म नगद लाभांश दिएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको लाभांश दिएको छ । आर्थिक वर्ष ७८/७९ को लाभांश भने कम्पनीले अझै पनि घोषणा गरेको छैन ।

Esewa
Crest

एक दशकको इतिहासमा कम्पनीले आर्थिक वर्ष ७६/७७ मा सबै भन्दा कम शत प्रतिशत नगद लाभांश दिएको थियो । एक दशकममा जम्मा ७ हजार ८०० प्रतिशत नगद लाभांश वितरण गरेको यस कम्पनीले औसतमा वार्षिक ७८० प्रतिशत लाभांश दिएको छ।

१० वर्ष अघि युनिलिभर नेपालको १० कित्ता शेयर हुने लगानीकर्ताले रु. ७८ हजार नगद लाभांश बुझेका छन् । ( लाभांशमा लाग्ने कर भने घटाईएको छैन )

त्यस्तै दोश्रो बजारमा यो कम्पनीको शेयर मूल्य पनि आकर्षक भएकोले पुराना लगानीकर्ताले त्यसको पनि भरपुर लाभ लिएका छन्। अहिले कम्पनीको बजार मूल्य १८ हजार रुपैयाँ छ। अहिले पनि यो कम्पनीको १० कित्ता शेयरको दोश्रो बजारमा मूल्य १ लाख ८० हजार हुन् आउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

25%
sad

दु :खी

37%
amazed

अचम्मित

8%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS