बीमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।
बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र विमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।
बीमा प्रति रुचि र ज्ञान भएका व्यक्तिको वा बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा कसरी गर्ने ? बीमाको पहिलो चरण वा प्रक्रिया के हो ? बीमा गर्ने व्यक्तिले शुरुमा बीमा कम्पनिका बारेमा थाहा हुनु पर्दछ । त्यसैले बीमा समितिले सुचना जारी गर्दै बीमा गर्नुपूर्व निम्न कुरामा ध्यान दिन अनुरोध गरेको छ ।
- प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विरणहरु स्पष्टसँग खुलाई भर्नुपर्दछ ।
- बीमालेखमा उललेखित सम्पूर्ण शर्त एवं सुविधा बारे जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
- बीमितले आफ्नो आवश्यकता, पेशा, व्यवसाय एंव आम्दनीको स्रोत समेत लाई मध्यनजर गरी बीमा गर्नुपर्छ । अन्यथा समयावधि पूरा नहुँदै बीमाालेख लाई निरन्तरता दिन नसकिने हुन सक्दछ ।
- बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नविकरण गर्ने समय, इच्छाइएका व्यक्तिको नाम, बीमालेख बमोजिम दाबी रकम पाउने र नपाउँने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नु पर्दछ ।
- बीमितले बीमा शुल्क बुझाए पिछि यसको आधिकारीक भपाई वा रसिद लिनुपर्दछ ।
- बीमा सम्बन्धि प्रस्ताव फारम बीमित स्वंयमले भर्नुपर्दछ । बीमित निरक्षर वा प्रस्ताव फारम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्दछ ।
- बीमितले आफुले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।
- बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीकरण गर्नुपर्दछ ।
- बीमा सम्बन्धि नीति नियमहरुबारे जानकारी राख्नु पर्दछ ।
- आफुले खरिद गरेको बीमालेख सँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ ।
- प्रविधिको विकाससँग बिभिन्न बैंक तथा एसएमएस वा अन्य विधुतिय भुक्तानी सेवा मार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको नहुँदा सो सम्बन्धि यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
- बीमा गरिसके पछि आफुले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाइएको व्यक्ति लाई जानकारी गराउनुपर्दछ ।