काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आइपीओमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको आइपीओमा असोज ३० गते सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले भदौ ३१ गते देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
उक्त आइपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका तत्कालिन ढोढेनी र फलेनी गाविस का वडा नं ६ र ७ का स्थानिय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर छुट्याएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
लगानीकर्ताले उक्त आइपीओमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने छ ।