IME Life New

बीमा समितिबाट रिलायबल नेपालको वित्तीय विवरण स्वीकृत, साधारणसभा गर्ने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज बिहिबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा समितिले वित्तीय विवरण स्वीकृत गरे सँगै साधारणसभा आह्वान गर्ने बाटो खुला भएको छ ।

कम्पनीले यस भन्दा अगाडी एक्चुरियल मूल्याङ्कन स्वीकृत गराइ बीमितहरुका लागि बोनसदर घोषणा गरिसकेको छ । कम्पनीले संस्थापकहरु सँग थप रकम जुटाइसकेको छ । साधारणभाले अहिले विध्यमान पूँजीमा आधारित भएर यस पटक सर्वसाधारणका लागि ३० प्रतिशत आइपिओ निष्काशनको प्रस्ताव स्वीकृत गर्नेछ ।

Esewa
Crest

रिलायबलले बीमा समितिले तोकेको पूँजी आफैले जुटाउने योजना बनाएको छ । कम्पनीले आइपिओ पछि सजिलै जगेडा कोषमा रहेको रकमलाई बोनस शेयर दिएर पूँजी जुटाउन सक्ने देखिन्छ । पुराना कम्पनीले पूँजी जुटाउन मर्जरको सहमति गरिरहदा रिलायबलले भने आफै पूँजी जुटाउने योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS