IME Life New

सुर्या लाइफको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा सम्पन्न गरेको हो ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए ।

Esewa
Crest

त्यस्तै, प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, विशिष्ट अतिथ वरिष्ठ महाप्रबन्धक मार्केटिङ हेड नरोत्तम ढकाल ,अतिथि पश्चिम मार्केटिङ प्रमुख शैलेस श्रेष्ठ र ए।बि।ए।म रबिन्द्र हमाल को उपस्थिति रहेको थियो ।

सम्मेलनको सभाअध्यक्ष सुदुरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले गरेका थिए भने स्वागत मनतब्य अत्तरिया शाखा प्रमुख नरेश भट्टले राखेका थिए । सम्मेलनको संचालन कम्पनीका महेन्द्रनगर शाखा प्रमुख राम दत्त भट्ट ले गरेका थिए ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट कार्यगर्ने शाखालाई सम्मान समेत गरिएको सम्मेलनमा कम्पनीको सुदुरपश्चिम रिजनका सबै शाखा प्रमुखहरु उपस्थित रहेको कम्पनीका अत्तरिया शाखा प्रमुख नरेश भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS