IME Life New

एशियन लाईफको सुदूरपश्चिम स्तरिय बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी। एशियन लाईफ इन्स्योरेन्सको सुदूरपश्चिम स्तरिय बिजनेश एक्सिलेन्स अवार्ड समारोह होटल रुबसमा शनिबार सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको समारोहमा एशियन लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम पश्चिमका ६ वटा शाखा र मातहतको उपशाखा अन्तर्गत कार्यरत‌ उत्कृष्ट अभिकर्ताहरुको सहभागीता रहेको थियो।

सम्मान समारोहमा सुदूरपश्चिम पश्चिम अन्तर्गतका अभिकर्ताहरुलाई व्यापार वृद्धिमा योगदान पुर्याएकोमा सम्मान पत्र, तथा ट्रफी सहित सम्मानित गरिएको छ। यसवर्ष सुदूरपश्चिम क्षेत्रबाट क्लब मेम्बरहरुमध्ये टीकापुर शाखाका अभिकर्ता बद्री प्रसाद भट्टराई  र एजेन्सी म्यानेजनरहरुमध्ये लम्की शाखाका गौरव राज भाट उत्कृष्ट अभिकर्ता घोषित भएका छन्। विजेताद्वयलाई कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार‌ श्रेष्ठले खादा,‌‌‌‌‌‌‌‌‌‌प्रमाण पत्र र शिल्ड प्रदान गर्दै सम्मान गरेका छन्।

Esewa
Crest

सम्मान समारोहमा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सुदूर पश्चिम प्रदेश प्रमुख लोकराज जोशीले अभिकर्ताहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए।

समारोहमा एक सय पचासभन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो।

यसअघि  पहिलो दिन शुक्रबार अभिकर्ताहरुलाई अझै परिस्कृत रुपमा बीमा योजनाहरु बिक्री गर्ने र वित्तीय सल्लाह दिने क्षमता निखार्न प्रशिक्षक भागवत घिमिरेले प्रशिक्षण दिएका थिए।

एशियन लाईफले यस वर्ष प्रदेश स्तरमा अभिकर्ता सम्मान समारोह आयोजना गर्दैछ। यसअघि बागमती प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको थियो। आगामी कार्यक्रम कर्णाली प्रदेशमा आयोजना गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS